नवनियुक्त मुख्यमन्त्रीद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री गुरुङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा गुरुङले सपथ लिनुभएको हो । सपथ ग्रहण समारोहमा सिमित व्यक्तिलाई बोलाइएको थियो । सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश सपथ ग्रहण समारोहमा उपस्थिती रहेको थियो । आज केही तयारी नगरेकाले आफुले एक्लै सपथ लिएको बताउँदै मुख्यमन्त्री गुरुङले भोलि पर्सी मन्त्रीपरिषद बिस्तार गर्ने जानकारी दिनुभयो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज नियुक्त गर्नुभएको थियो । नेपालको संविधानको धारा १६८ उपधारा ३ अनुसार ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले बैशाख २६ गते आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । मुख्यमन्त्रीको राजिनामापछि प्रदेश प्रमुख पौडेलले आह्वान गरेको तीन दिनभित्र नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार बन्न नसकेपछि मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नु भएको हो। तर, ३० दिनभित्र उहाँले विश्वासको मत लिनुपर्ने हुन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago