एनआरएनए नागोयाको क्षेत्रिय अधिवेशनको मिति तोकियो, ३ सदस्यिय निर्वाचन कमिटी गठन ।

कविकिरण न्यौपाने ,नागोया । एनआरएनए नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ। अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो ।
फाइल फोटो
अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको छ। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। नयाँ समिति चयनका लागी सके सम्म सहमतिको आधारमा सर्वसहमत गर्ने निर्वाचन समितिका संयोजक बिमल अधिकारीले बताए। सर्वसहमत नभएमा जुन १० तारिक अनलाईन भोटिङ्ग द्वारा छिनोफानो गरिने अधिकारीको भनाई छ।
एनआरएनए जापानकै अधिवेशनमा नागोया क्षेत्रलाई महत्वका साथ हेर्ने गरिन्छ। अहिले सम्म यस क्षेत्रिय समितिका संयोजकमा मनोजवम मल्ल, गंगा धर्तिमगर र ईन्द्र पराजुलीको चर्चा छ। मल्ल अहिलेका नागोया क्षेत्रका उप- संयोजक हुन भने धर्तिमगर कोषाध्यक्ष हुन्। पराजुली भने नायोगा क्षेत्रिय समितिमा धेरै अगाडी समितिमा बसेर काम गरेको बताउँछन। त्यस्तै नागोया क्षेत्रिय समितिमा सदस्य देखिआठ वर्ष रहदै उपाध्यक्ष र हाल संरक्षक रहेको बताउदैं अर्जुन केसीले गत अधिवेशनमा कार्यसमिति सर्वसहमत गर्न आफुले संयोजकको उमेदवारी स्थगित गरेको स्मरण गर्दै केसीले नेपालीको साझा संस्था एनआरएनएमा गुट – उपगुट भन्दा सहमतिमा नेतृत्व चयन हुन पर्ने बताउछन् । उनि आफुले संयोजकको नेतृत्व पाए सबैलाई मिलाएर लाने बताउछन ।
एनआरएनए नागोया क्षेत्रिय समितिले उमेदवारी दिनेहरुको उमेदवारी शुल्क पनि तोकेको छ। जस अनुसार क्षेत्रिय संयोजकको लागी पचास हजार येन , उप-संयोजकको लागी चालिस हजार येन तोकिएको छ। त्यस्तै सचिवको लागी तिस हजार येन, उप- सचिव विस हजार येन , कोषाध्यक्ष तिस हजार येन , सह-कोषाध्यक्ष विस हजार येन र कार्यसमिति सदस्य एवं मनोनित सदस्यलाई दश हजार येन उमेदवारी शुल्क लाग्ने छ ।
यतिवेला जापानका पनि कोरोना संक्रमण बढिरहेको र संक्रमण नघटेमा कार्यक्रम भर्चुयल माध्यमबाट गरिने एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम शितलले बताए। जापानभरी हाल करिव १० हजार एनआरएनएका सदस्यहरु रहेको र नागोया क्षेत्रमा १५ सय हाराहारीमा सदस्य रहेको बताईन्छ।
अधिवेशनको बेला मात्र हल्ला -खल्ला गर्ने संस्थाको विधि /बिधान र प्रकृयाको समेत हेक्का नभएका , संस्थाको गरिमा राम्रो संग नबुझेकालाई तत्काल नेतृत्वमा ल्याउन नहुने तर्क गर्दैं नागोयामा लामो समय रहेका एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरेले जापानमा रहेका हरेक नेपाली नेतृत्व चयनका विषयमा सचेत रहेको बताए।
Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago