बिर्तामोड, फागुन २८ । बिर्तामोडमा रहेको विराटज्योति अंगे्रजी मावि र काठमाडौंको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजबीचव्यवस्थापकीय सहकार्य भएको छ ।
बिर्तामोड ३ सैनिकमोडमा स्थापना भएर साढे दुई दशकदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको विराट ज्योति अंगे्रजीमावि र शैक्षिक क्षेत्रमा अनवरत रुपमा सेवा दिदै आएको बानेश्वर काठमाडौस्थित ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजबीच यसैशैक्षिक सत्रदेखि व्यवस्थापकीय सहकार्य हुने संझौता भएको हो । त्यसबारे दुवै पक्षले आज संयुक्त पत्रकार सम्मेलन गरी जानकारीदिएका छन् । परम्परागत शैक्षिक प्रणालीलाई चिर्दै समयसापेक्ष ढंगले विद्यार्थीहरुलाई सिकाउनु र विद्यार्थीहरुको पढाइ सँगसँगैअतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेर उनीहरुको चौतर्फी विकास गराउनु प्रमुख उद्धेश्य रहेको साझेदार पक्षले बताए ।विराट ज्योति अंगे्रजी मावि २०५३ सालमा स्थापना भएको हो ।
नर्सरीदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको विराट ज्योतिमाप्लस टूमा व्यवस्थापन संकाय पनि पढाइ हुँदै आएको छ । हाल ११ सय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । २०७८ सालकोक्यालेन्डरदेखि विज्ञान र मानविकी संकाय तथा मोन्टेश्वरी शिक्षामा आधारित शिक्षा संचालन गर्ने उद्धेश्य रहेको ग्लेसियर इन्टरनेशनलस्कुल एण्ड कलेजका प्रिन्सिपल दिवस शाक्यले बताए । उनले निकट भविष्यमा त्रिभुवन विश्वविद्यालयको बिबिएस भित्र्याउने योजनापनि रहेको जानकारी दिए । २०५१ सालमा स्थापना भएको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजले २०६६ सालदेखि प्लस टूमाविज्ञान , व्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गर्दै आएको छ । हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिबिएम,बिबिएस, बिसिए,बिए र एमबिएसका कक्षा पनि चलाउँदै आएको ग्लेसियरले मोन्टेश्वरी शिक्षालाई व्यवस्थित र व्यवहारिक बनाउने उद्धेश्यलेभारतस्थित हैदरावादको आइरिस फ्लोरेट्स फ्रान्चाइजअन्तर्गतको शिक्षा पनि प्रदान गर्दै आएको प्रिन्सिपल शाक्यले जानकारी दिए ।कार्यक्रममा विराट ज्योति माविका अध्यक्ष गणेश ओलीले व्यवस्थापकीय जिम्मेवारी ग्लेसियरले लिएपनि पुरानो टीम यथावत रहनेबताउँदै नयाँ व्यवस्थापनबाट विद्यालयको स्तर अझ माथि उठ्ने विश्वास व्यक्त गरे । शुभ साइतका प्रणित पुडासैनीले संचालन गरेकोकार्यक्रममा विराट ज्योति माविका शैलेन्द्र सिटौला , ग्लेसियरका भाइस प्रिन्सिपल रेगन प्रसाईको पनि उपस्थिति रहेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…