जपानिज भाषा वक्तृत्व कला प्रतियोगीता हुन लागेको प्रती बिद्यार्थी हरु उत्साहित , अध्यक्ष कृष्ण भुसाल भनाई ।

नेपाली बिद्यार्थी समाज जापान (नेसाज)ले यही मार्च ७का दिन अनलाई मार्फत जापान मा अध्ययनरत नेपाली बिद्यार्थी हरु बिचमा जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता को आयोजना गर्ने तयारी गरेको छ।

यस् सस्थाले जापान मा अध्ययनरत नेपाली बिद्यार्थी हरु को समस्या समाधान मा महत्वपूर्ण भूमिका निर्वाह गर्नु का साथै बिद्यार्थी मा भएका प्रतिभा हरु उजागर गर्ने उदेश्यका साथ नेसाज ले रचनात्मक कार्यक्रम हरु सन्चालन गर्दै आइरहेको छ।यसै सन्दर्भ मा मार्च ७मा आयोजना गर्न लागिएको जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता को तयारी लगाएत बिभिन्न क्षेत्रमा गरिएका कार्यक्रम बारे जानकारी प्रदान गर्ने उदेश्य ले गोर्खाली भ्वाइस सँग कुरा गर्दै नेपाली बिद्यार्थी समाज जापान(नेसाज) का अध्यक्ष कृष्ण भुसाल ले यस् जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता अनलाइन मार्फत गर्न लागिएको जसमा जापान को जुन सुकै ठाउँ मा रहनु हुने बिद्यार्थी साथी हरु पनि अनलाइन मार्फत हुने कार्यक्रम मा आफ्नै स्थान बाट सहभागिता जनाउन सक्ने भएकाले बिद्यार्थी हरु थप उत्साहित देखिएको अध्यक्ष भुसाल ले बताउनु भयो।

यसै गरी नेसाज का पुर्व अध्यक्ष वर्तमान सल्लाहाकार एवम् कार्यक्रम सम्योजक डा. सरोज कण्डेल ले बिद्यार्थी हरु का लागि यस खालको कार्यक्रम ले बिशेष महत्व राख्ने भएकाले सम्पूर्ण मा सहभागिता लागि अपिल गर्दै नेसाज ले आगामी दिनहरु मा समेत रचनात्मक कार्यलाई नीरन्तरता दिनु पर्ने जसका लागि आफु सधैं साथ र सहयोग गर्न तयार रहेने समेत प्रतिवद्दता ब्यक्त गर्नु भयो। यसैगरी सस्था का महासचिव अजय रानाले सस्था को संगठनिक अवस्था र कार्य प्रगति तथा भावी योजना का बारेमा जानकारी गराउनु भएको थियो।

त्यस्तै टोकियो बाट बरिस्ठ उपाध्यक्ष प्रकाश भण्डारी ,क्युसु क्षेत्र को कार्य बारे कोषाध्यक्ष बिकास अधिकारि, योकोहामा बाट केन्द्रिय सदस्य सुदिप लम्साल, टोकियो बाट केन्द्रिय सदस्य नविना भण्डारी कान्साइ क्षेत्र उपसम्योजक सञ्जय कार्की लगाएत का बिभिन्न क्षेत्र का प्रतिनिधि हरुले सोही क्षेत्र मा रहेर नेसाज ले सन्चालन गरेको गतिबिधी र बिद्यार्थीहरुको अवस्था बारेमा जानकारी प्रदान गर्नु भएको थियो। मार्च ७मा हुने जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता का लागि आबेदन फारम भर्ने अन्तिम मिती फेब्रुअरी १५ सम्म रहेको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago