प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको अधिबेशन, लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी

पाल्पा, ३० माघ । ज्ञान, शील र एकताको आर्दश बोकेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा पुस्करराज रेग्मी र सचिवमा त्रिसना खराल निर्बाचित भएका छन । एक संकल्प राष्ट्रका लागि विषयमा भईरहेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशनले महत्वपूर्ण पाल्पा घोषणापत्र जारी गर्ने राष्ट्रिय संगठन सचिब नारायण प्रसाद ढकालले जानकारी दिए ।

नेपाल राष्ट्र पुनर्निर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मौलिक, संस्कृति र राष्ट्रियताको संरक्षण र प्रबद्धन गर्दै देशको गरीमालाइ उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा एउटा अग्रणी एवं समृद्धशाली राष्ट्रको रुपमा स्थापित गर्नका लागि शिक्षा, सामाजिक एवं राष्ट्रिय स्तरमा कार्यरत नेपालको स्वतन्त्र विद्यार्थी संगठन हो ।
आधुनिक विश्वपरिवेशका सकरात्मक र आवश्यक विषयलाई आत्मसात गर्दै व्यक्ति निर्माणका माध्यमद्वारा दलगत राजनीति देखि माथि रही प्राज्ञिक विद्यार्थी परिषद नेपाल विगत २५ बर्षदेखि लक्ष्य प्राप्तिका लागी युबाहरुमा प्रशिक्षण दिईरहेको छ ।
सामाजिक कार्यप्रति संवेदना उत्पन्न गरी सामाजिक कार्यमा प्रेरणा प्रदान गर्दै नेपालको सम्पूर्ण मानबस्रोतलाई सकरात्मक राष्ट्रियता, नेपाली संस्कृति र राष्ट्रिय एकताको विषयमा शिक्षित र दिक्षित बनाउँदै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ परिषद् सक्रियरूपमा कार्यरत रहेको छ ।
संस्कारित एवं दृष्टिकोणयुक्त युवाशक्ति नै राष्ट्रका मेरुदण्ड हुन् भन्ने विचारलाई आत्मसात् गर्दै परिषद निरन्तर वैचारिक एवं शैक्षिक आन्दोलनमा सक्रिय रहेको छ ।
नैतिक शिक्षाको पठनपाठन, शिक्षाक्षेत्र भित्रको दलिय राजनितिक हस्तक्षेत्र एवं व्यापारिकरण, परिक्षा प्रणाली, पाठ्यक्रममा परिमार्जन, नेपाली माटो सुहाउँदो शिक्षा, स्ववियु चुनावको व्यवस्थापन आदि महत्वपुर्ण विषयलाई लिएर परिषद्ले शिक्षाक्षेत्रमा एक आन्दोलनको श्रृंखला खडा गरेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago