ओली शासनको निरंकुशताको पहिलो कदम संसद भंग हो : अध्यक्ष यादव

पर्सा ,पुस २८  प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन निरंकुशताको पहिलो कदम भएको जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

फाइल फोटो

संघीय प्रेस फोरम पर्साले मंगलबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रम ओलीले गणतन्त्र, समावेशिता र धर्म निरपेक्षतालगायत संवैधानिक सबै अधिकार समाप्त पार्ने चेष्टासहित यो कदम उठाएका हुन्।’

यति मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी, संघीयता विरोधी शक्तिहरुसँग मिलेर निरंकुशता लाद्न अघोषित रुपमा मोर्चाबन्दी पनि गरिसकेका पनि अध्यक्ष यादवले आरोप लगाए।

त्यसैगरी साइबर सेनाका रुपमा प्रेसमाथि पनि निरंकुशता लाद्ने प्रयास सुरु भइसकेको उनले बताए। उनको गलत कदमविरुद्ध सबै शक्ति एक भएर लाग्नुपर्नेमा उनले जोड दिए। राजनीतिक समस्याका रुपमा रहेको गलत राजनीतिक कदम न्यायालयबाट भन्दा पनि राजनीतिक तवरबाट नै सच्चिनुपर्ने उनको भनाइ थियो।

‘महेन्द्रको जस्तै नीति’

अर्को प्रसंगमा अध्यक्ष यादवले स्व. राजा महेन्द्रले जस्तो एउटा छिमेकीलाई च्याप्ने र अर्कोलाई टाढा राख्ने ओली सरकारको कारण नेपालमा विदेशीलाई खेल्न ठाउँ दिएको आरोप लगाए।

दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध नराखी नेपालको हित नहुने उनको जिकिर छ। युरोपमा विदेशीको चलखेल भएर पहिलेको पहिलो र दोस्रो विश्वयुद्ध भएको भन्दै उनले अबको विश्वयुद्धको बिजारोपण एसिया तर्फबाट सुरु हुन सक्ने संकेत गरे। एसियामा पनि त्यसको कन्फ्लेक्ट हुने ठाउँ अझ प्रम ओली जस्ताको कारण नेपालबाट हुन सक्ने उनले इंगित गरे।

संसद विघटन कदमको समाधानमा न्यायलयबाट प्रम ओलीको पक्षमा भए निर्वाचनमा भाग लिनु हुन्छ त ? भनी संचारकर्मीले राखेको जिज्ञासामा उनले प्रम ओलीको नेतृत्वमा हुने निर्वाचनको कुनै विश्वास नरहेको दाबी गरे।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago