ओली शासनको निरंकुशताको पहिलो कदम संसद भंग हो : अध्यक्ष यादव

पर्सा ,पुस २८  प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन निरंकुशताको पहिलो कदम भएको जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

फाइल फोटो

संघीय प्रेस फोरम पर्साले मंगलबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रम ओलीले गणतन्त्र, समावेशिता र धर्म निरपेक्षतालगायत संवैधानिक सबै अधिकार समाप्त पार्ने चेष्टासहित यो कदम उठाएका हुन्।’

यति मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी, संघीयता विरोधी शक्तिहरुसँग मिलेर निरंकुशता लाद्न अघोषित रुपमा मोर्चाबन्दी पनि गरिसकेका पनि अध्यक्ष यादवले आरोप लगाए।

त्यसैगरी साइबर सेनाका रुपमा प्रेसमाथि पनि निरंकुशता लाद्ने प्रयास सुरु भइसकेको उनले बताए। उनको गलत कदमविरुद्ध सबै शक्ति एक भएर लाग्नुपर्नेमा उनले जोड दिए। राजनीतिक समस्याका रुपमा रहेको गलत राजनीतिक कदम न्यायालयबाट भन्दा पनि राजनीतिक तवरबाट नै सच्चिनुपर्ने उनको भनाइ थियो।

‘महेन्द्रको जस्तै नीति’

अर्को प्रसंगमा अध्यक्ष यादवले स्व. राजा महेन्द्रले जस्तो एउटा छिमेकीलाई च्याप्ने र अर्कोलाई टाढा राख्ने ओली सरकारको कारण नेपालमा विदेशीलाई खेल्न ठाउँ दिएको आरोप लगाए।

दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध नराखी नेपालको हित नहुने उनको जिकिर छ। युरोपमा विदेशीको चलखेल भएर पहिलेको पहिलो र दोस्रो विश्वयुद्ध भएको भन्दै उनले अबको विश्वयुद्धको बिजारोपण एसिया तर्फबाट सुरु हुन सक्ने संकेत गरे। एसियामा पनि त्यसको कन्फ्लेक्ट हुने ठाउँ अझ प्रम ओली जस्ताको कारण नेपालबाट हुन सक्ने उनले इंगित गरे।

संसद विघटन कदमको समाधानमा न्यायलयबाट प्रम ओलीको पक्षमा भए निर्वाचनमा भाग लिनु हुन्छ त ? भनी संचारकर्मीले राखेको जिज्ञासामा उनले प्रम ओलीको नेतृत्वमा हुने निर्वाचनको कुनै विश्वास नरहेको दाबी गरे।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago