जापानमा नेपाली समुदायका कोरोना संक्रमण व्यापक, नागोयामा एक नेपालीको निधन ।

कविकिरण न्यौपाने , नागोया । जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ। यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको बताइएको छ। यसै विच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी वाग्लुङ्ग गलकोटकी बेलु पुनमगरको निधन भएको पारिवारिक सुत्रले बताएका छन्। उनि २ हप्ता अघि कोरोना संक्रमण भई कोराना मुक्त भएकी र पछि स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुग्नासाथ निधन भएको बताइएको छ। उनका श्रीमान् दक्ष कामदार भिषा (कुकमा ) जापान रहदैं आएका छन्। उनका ३ जना छोरा छोरी रहका बताइएको छ। उनको निधन हृदयघातले हुन सक्ने पारिवारिक स्रोतले बताएका छन्।

उनि संगै काम गर्ने धेरै नेपालीलाई कोरोना संक्रमण भएको बताइएको छ। अर्कै कम्पनीमा काम गर्ने चितवन घर भएकी यशोधा घिमिरेका अनुसार उनि काम गर्ने ठाँउमा ५० औं जना कामदार रहेकोमा कोरोना संक्रमणका कारण अधिकांश संक्रमित भएपछि अहिले काम गर्नेको संख्या १०-१२ जना मात्र छ । कोरोना संक्रमण नेपालीहरुमा व्यापक फैलिएको कारण नेपालीहरुले सञ्चालन गरेका रेक्टूरेन्टहरुमा कार्यरत कर्मचारीलाई संक्रमण फैलिदा रेष्टूरेन्टहरु धमाधम बन्द भई रहेका छन्। हालै मात्र कोरोना संक्रमण मुक्त भएका रेष्टूरेन्ट व्यवशायी एवं एनआरएनए नागोयाका क्षेत्रिय उप- संयोजक कुशल पौडेलका अनुसार सचेत हुनुनै यसबाट जोगिने उपाय भएको बताए। यो संक्रमण भएपछि मानिसलाई ज्यादै शारिरिक कमजोर बनाउने उनको अनुभव छ।

जापानमा कोरोना संक्रमण भई चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार गराई रहेका दर्जनौं नेपालीहरु रहेका छन्। त्यसै मध्येका एक अनेसाज जापान च्याप्टरका  पूर्वअध्यक्ष एवं एनआरएनए, जापानका पूर्व सचिव विष्णुप्रसाद घिमिरे पनि हुन्। गत अगष्ट२१ तारिक कोरोना संक्रमण देखिएका उनि

२४ तारिक एम्बुलेंस लिएर अस्पताल जादा सामन्य स्लाइन लगाएर पठाएको थियो । अक्सिजन लेवल घटेर असहज भएपछि २८ तारिक फेरि एम्बुलेंस बोलाएर हस्पिटल गई भर्ना भएर उनि निरंतर उपचारको क्रममा छन्। चिकिस्सकका अनुसार अबको एक हप्तामा डिस्चार्ज हुन सक्ने घिमिरेले बताए । कोरोना जोगिदा जोगिदै पनि लाग्न सक्छ त्यो भनेर हेलचक्राइ नगरौं । स-साना गल्तिले मुल्यवान जीवननै टुंगिन सक्छ । कोरोना भइसकेको हो वा खोप लगाइसकेको छु भनेंर ढुक्क नबनौं । विभिन्न भेरियन्ट र विकशित मुलुकहरुले बुष्ट डोज समेत त्यसै सुरु गरेका होइनन , घिमिरेको भनाई छ। 

उमेर/कमजोरी/ दीर्घ रोगिहरुले कपडाको माक्स होइन , सर्जिकल माक्स प्रयोग गरौं । चाडवाडहरु लस्करै आएका छन , सुरक्षाको मापदण्ड पुरा गरेर आँफु पनि सुरक्षित रहि चाडवाड मनाँउ ।  भावुक हुँदै घिमिरेले भने बाचियो भने चाडपर्व अर्को वर्ष मनाउन पाईन्छ नै , त्यसैले आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago