जापानमा कोरोना संक्रमण नेपाली समुदायमा फैलियो ।

कविकिरण न्यौपाने , नागोया । जापानको नागोया शहरमा यौट्टा यौनजन्य घटनामा छलफलको लागी नेपाली अगुवाहरुको जमघट हुँदैं थियो।

यस घटनामा नेपाली समुदायको अगुवाकै नाम जोडिएपछि घटना पेचिलो बनेको थियो। त्यसैले घटनाको छलफलमा धेरैको उपस्थिति थियो। केहि दिन पछि त्यहा उपस्थित धेरैलाई कोराना संक्रमण भएपछी नेपाली समुदायमा यतिबेला खैलाबैला मच्चिएको छ। उक्त घटना खबर नपाएर नगएका केहिलाई भने कोराना संक्रमण भएको छैन। सधै साथीहरुले वोलाउथे, यसपालि किन हो बोलाएनन् , गएको भए कोरोना संक्रमित भइन्थ्यो होला , नागोमामा रेष्टुरेन्ट व्यवशाय गरेका सुरज काफ्लेले भने।

उक्त छलफलमा गएका एनआरएनए नागोयाका कार्यसमिति सदस्य एवं रेष्टूरेन्ट व्यवशायी कुशल पौडेल लाई कोराना संकमणको लक्षण देखिए पनि तत्काल उनले परिक्षण गराउन पाएनन् । जापानमा यतिवेला संकमण अत्याधिक भएकोले यस्तो भएको उनले बताए, उनि कोरोना संक्रमण पछि होम आइसुलेसनमा रहदैं कोरोना भाईरस मुक्त भएका छन्। त्यस्तै एनआरएनए आईसिसि सदस्य दिपक कार्की , एनआरएनए जापानका सचिव श्याम शितल , नेसाज जापानका पूर्व अध्यक्ष बिमल अधिकारी , अनेसाज जापान च्याप्टरका पूर्व अध्यक्ष विष्णुप्रसाद घिमिरे लगाएतले आफु कोरोना संक्रमित भएर होम आइसुलेसनमा रहेको बताउँदै सबैलाई सचेत हुन आग्रह गरेका थिए। उनिहरुले स्वास्थ्य लाभ गरेपनि विष्णुप्रसाद घिमिरेको अवस्था भने गम्भिर थियो। उनलाई एम्‍वुलेन्स मार्फत अस्पताल गगिएको र अस्पतालमै उपचार भईरहेको बताईएको छ। यतिबेला जापानको नागोया क्षेत्रमा मात्र सयौंको संख्यामा नेपालीहरू संक्रमित भएको बताईएको छ। अधिकांश श्रीमान् कोराना संक्रमित भएपछि घरमा श्रीमति सहित परिवारका अन्य सदस्यहरुमा संक्रमण फैलिएको देखिएको छ। त्यस्तै जापानको नागोया, टोकियो , ओसाका, फुकोओका लगाएत शहरहरुमा नेपालीहरुले सञ्चालन गरेका रेष्टूरेन्टहरुमा त्यहा काम गर्ने नेपालीहरुलाई कोरोना संक्रमण व्यापक भएपछि बन्द भएका छन् भने कयौं बन्द हुने क्रममा छन्। 

विश्वकै धेरै जनसंख्या रहेको टोकियोमा कोरोनाले भयावह रुप लिदै छ। जहा नेपालीहरु पनि अत्याधिक संक्रमित भई रहेका छन्। संक्रमण पछि सानो कोठामा कोचिएर बस्नुको पिडा अरुले महशुस गर्न सक्दैनन्, टोकियोमा विधार्थी भिषामा रहदैं आएकी सुनिता श्रेष्ठ भनिन। एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार टोकियोमा अरु संगै नेपालीहरुमा संक्रमण अत्याधिक फैलिएको छ। समस्यामा परेका नेपालीहरुलाई एनआरएनए जापान तथा आफु नजिकका एनआरएनए क्षेत्रमा सम्पर्क गर्न उन्ले आग्रह गरेका छन्। 

जापान सरकारले महामारी नियन्त्रण गर्न विभिन्न शहरहरुमा आपतकाल लगाए पनि नेपाली समुदायमा लापरवाही गर्दै भेला, पार्टी, भिडभाडका गर्ने ,रेष्टूरेन्टमा अल्कोहल बेच्न प्रतिबन्ध लगाईए पनि यदाकदा बेचिएको सुन्नमा आएको भन्दैं नेपाली राजदूतावास टोकियोले बिज्ञप्ति मार्फत सबै नेपालीलाई सचेत गराएको थियो। 

त्यस्तै जापानमा खेल शुरु नहुँदै पाराओलम्पिक खेलमा आवद्ध खेलाडी तथा पदाधिकारीहरु सय जना भन्दा बढीमा कोरोना संक्रमण भई सकेको छ। हाल सम्म टोकियो ओलम्पिकमा आवद्ध पाँच सय बढी खेलाडी तथा पदाधिकारीहरु कोरोना संक्रमण भई सकेको बताईएको छ। हाल जापानमा दैनिक २० देखी २५ हजारको संख्यामा कोरोना संक्रमित थपिरहेको अवस्था छ । संक्रमितको संख्या अधिक भएका , अस्पताल खालि नभएका कारण ज्यान गुमाउन बाध्य भएका खवरहरु पनि आई रहेका छन् । अहिले जापानमा अन्यको तुलनामा युवाहरुको  संक्रमण हुने संख्या बढेको छ। 

ढिला शुरु गरिएपनि जापानले कोरोना विरुद्ध भ्याक्सिन लगाउने कार्यलाई यतिबेला तिब्रता दिएको छ। करिब १३ करोड जनसंख्या रहेको जापानमा १ लाखको हाराहारीमा नेपाली रहेका छन्। अहिले नेपालीहरुको चाहाडपर्वहरु लर्को लागेर आईरहेको अवस्थामा सचेत नहुने हो भने जापानमा नेपाली समुदायमा कोरोना संक्रमणले अझैं भयाभय रुप लिले देखिन्छ , त्यसैले ज्यान रहे फेरि पनि चाहाडपर्व मनाउदैं रमाइलो गर्न अवश्य पाईन्छ। त्यसैले सबै सचेत हुन जरुरी छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago