यसपाली गाउँ फर्कदा ……………………..

आयाम कार्की ।
गाउँ फर्कदा
यसपाली गाउँ फर्कदा
हेर्न पाउनेछौ आफ्नै गाउँको विकास
नथाक्नु !
यो पट्यार लाग्दो खाल्डाखुल्डी
गोरेटो बाटो देखेर
बाटैमा भेट्नेछौ
वर पिपल बिनाको चौतारी
तिर्खा लाग्दा भेट्नेछौ पानी विहिन पँधेरी
डोजरले भत्काएका डाँडा पाखा
माटो बोकेका दर्जनौ ट्रीपर
ट्रीपरले उडाएको धुलो
धुलोले ढाकेका रुख बिरुवा
मलिला खेतहरुमा ग्राविल गरेका घडेरी
घडेरीमा बन्दै गरेको नयाँ नयाँ घरहरु
अलिपर साघु तरेपछी
सुमसान वस्ति दैलो थुनिएका पुराना घर
अनि बाँझिएको बारी
माथिको भञ्ज्याङ्ममा पुगेर मात्र
थकाई मारौला हामी
धक फुकाएर मेटौला तिता मिठा
मन भित्रका कलेशहरु
वसाई सरेर रित्तो भएको गाउँ
घरको पिढी कुरेर बसेका
बुढा बुढी
शहर पसेर गाउँ नफर्केका
पिडाहरु
सन्तानको अनुहार हेर्न नपाई तड्पिएर बसेका आफन्त
जीवन उकास्न नसकेर गाउँ मै बल्झिएका ब्यथाहरु
तर पहिले झै
अर्नीको ठाउँमा पाउने छैनौ
भुटेका मकै
जौ को सातु
कोदोको रोटी
चामलको खट्टे
मिनरल बोतलको पानीले
निल्नेछौ चाउचाउ
देखाईदिनेछु
वसाई सरेर रित्तो भएको गाउँ
घरको पिढी कुरेर बसेका
बुढा बुढी
शहर पसेर गाउँ नफर्केका
पिडाहरु
सन्तानको अनुहार हेर्न नपाई तड्पिएर बसेका आफन्त
जीवन उकास्न नसकेर गाउँ मै बल्झिएका ब्यथाहरु
अझ आश्चर्य लाग्ने कुराहरु
सुनाउनेछु तिमिलाई
कहिले सरकार र विद्रोही बिचको भिड्न्त
भिड्न्तमा ज्यान गुमाएका आफन्त
वर्षौ वेपत्ता भएकाहरुको व्यथा
राज दरबार भित्रको हत्याकाण्ड
त्यही माथी भुईचालोले
भुईचालो ले थङ्ग्लिएको देशको
नाजुक अर्थतन्त्र
त्यो सितलामाई
विदेश बाट गाउँमा पसेको देसान
कहिले बर्ड्फ्लु र स्वाईन फ्लूको महामारी
कहिले कोरोना भाईरसको प्रकोप
र त्रासै त्रासमा अत्तालिएका मानिसहरु
त्यसै बिच
भेटाईदिनेछु तिमीलाई
मृत्युको मुखै बाट फर्किएका
भाग्यमानीहरु उज्यालो अनुहार
देखाइदिनेछु तिमिलाई
ख्याल ख्यालैमा ज्यान गुमाएर
चिहानमा पुगेका अभागीहरुको चिहान
तर !
गाउँ गाउँमै सिहँदरबार र सघियता आएपछि
परिवर्तन हुदैछ गाउँ पनि
खेती गर्ने खेत मासेर बसेका बजार
ठुला साना रेष्टुरेन्ट
रेष्टुरामा पाकेका मो:मो चाउमिनका ब्रेकफास्ट
झलमल कपडा पसल
ईन्टरनेटमा रमाएका वयस्क युवाहरु
विदेश पसेका
श्रीमान श्रीमति विचको भिडियो कुराकानी
रङ रोगनले सजिएको
तर विध्यार्थी विहिन सरकारी स्कुल
विरामी विहिन स्वास्थ्य चौकिहरु
सबै सबै
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago