अनुहार प्रदर्शनी, के उपहार दिएर आयौ ?

२०७८, २७ बैशाख सोमबार १९:३५

वर्षको एक पटक लाग्ने गर्छ
डिजिटल पर्दाको अगाडि र पछाडीका भित्ताहरुमा
आमा नामको अनुहारको प्रदर्शनी

पुन एकपटक
झिकिने छ भित्तामा झुन्डिएको
पुरानो मैलो सुकेको माला
सहितको फोटो

धुलो टक्टक्याउने छन
मैलो पुछ्ने छन
आमाकै पुरानो पटुकि र चौबन्दीको च्यातिएका टुक्राहरुले
गर्नेछन प्रेम रुपी अनुहारको प्रदर्शनी

सङ्गै बसेर
वर्षौ सम्म सासू सङ्ग नबोलेकि बुहारीले राख्नेछिन
Happy mother’s day भन्दै
आमा कै स्ट्याटस

शहर पसेर आमाका लागि कहिले खर्च नपठाएका छोरा बुहारीले दिनेछन
Happy mother’s day को शुभकामना
जो बृद्द भत्ताका भरमा बाँचेका हुन्छन सधै सधै

विशेष उपहार बोकेर जान्छन
छोरी ज्वाँईहरु माइतिघर
देखाउनेछन अपार सामिप्यता
आमाहरु सङग
सेल्फी खिच्दै भन्नेछन
Happy mother’s day
पुन एक पटक
आफनै ममताको खिल्ली उढाउदै

अनि तीनै आमाहरुले सोध्ने गर्लान कि छोरीहरुलाई
तिम्री सासुआमा लाई के उपहार दिएर आयौ ? छोरी !

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु