Categories: विचार

केपी ओलिले स्मरण गराएको रामायणको कथा

जयराम सापकोटा ।

लंकाका राजा रावण एक व्राह्मण पुत्र थिए । उनी चारै वेदका ज्ञाता थिए । उनिजस्तो सर्वज्ञ स्वर्गका राजा देवर्षि ईन्द्र पनि थिएनन । उनि श्री महादेवका परम भक्त थिए यहाँ सम्म कि उनले शिवजीलाई खुसी पार्न आफ्नै टाउकोलाइ दस पटक सम्म छेदन गरेका थिए  । तथापी आफ्नो परमभक्त भएकोले महादेवले उनले जति पटक टाउको काटेर शिवलाइ चढाउन थाल्छन उति पटक उनलाई टाउको थपिदिएका दिए । यहाँ सम्मकि एक दिन रावणले शिवको तपस्या गरेर शिवलाई अत्यन्त खुसिपार्दा शिवले जस्तो सुकै वर मागे पनि दिने प्रण गरे र त्यहि मौका छोपी रावणले पार्वती माग्यो र शिव लाचार भई आफ्नै अर्धाङ्गगिनी पार्वती वरदानको रुपमा रावणलाई दिए र उसले माता पार्वतीलाई लाँदै गर्दाको कुरा चाल पाएर भगवान विण्णुले एउटा सुन्दर युवक बनी रावणलाई झुक्याएर पार्वतीको उद्धार गर्नु भएको थियो ।

यसको तात्पर्य २०७८ वैशाख २७ गते आफू आफ्नैवाट सत्ताच्युत हुनु परेको परिघटनामा आधारित लेख पौराणिक कथा सँग मेल खाएकोले यो लेख केवल संयोगमात्र हुनेछ  । 

विश्वासको मत पुगेन, नयाँ सरकार गठनको बाटो खुल्यो

यस्तै रावणले आफ्ना ईष्टदेवको रुपमा मान्ने श्रीमहादेवलाई लंकामै लगी राख्ने इच्छाले लंकामा छुट्टै सुनैसुनको दरवार तयार गरि शिवजीलाई लिन कैलास पुगेका थिए । शिवजिले आफू कैलास छोडि जान नमिल्ने भन्दै आफ्नो ज्योर्तिरलिंङ्ग दिई यसलाई अन्त कतै भुईमा नराख्नु र तिम्रो त्यो सुनको दरवार मै राख्नु र मेरो पुजा आरधना त्यहि गर्नु म स्वयं त्यसैमा रहनेछु भनी दिनु भयो र रावले त्यो ज्योर्तिरलिंङ्ग लिई घर हिड्यो । उसले विच वाटोमा पुग्दा एउटा गाई चराउने गोठालो वनेका (वैजनाथ)लाई उक्त ज्योर्तिरलिंङ्ग दिई आफु एक छिन कतै गयो र हातमा समाएका वैजनाथले त्यो मुर्तिलाई भुईमा राखि दिएछन पछि उ आएर उठाउन खोख्दा महादेवको वचन मिथ्या गरेको हुनाले त्यो मुर्ति उठाउनै सकेन पछि शिवलिंङ्गलाई त्यहि छाडेर आफू लँका पुग्यो जहाँ ऐले वैजनाथको मन्दिर निर्माण भएको छ र त्यस मन्दिर भित्र उनै शिवलिंङ्ग स्थापित छदैछन ।

रावणले आफ्नो अहंताले गर्दा माता सीतालाई जोगीरुप धारण गरि हरण गरेर लंकामा ल्यायो र त्यति वेला उनका भाइ विभिषणले भनेका थिए दाई यो अहंता नगर्नु सीता मातालाई तुरुन्त उहीँ लगेर छाड्नु र राम सँगको दुस्मनी नगर्नु तपाईलाई के नपुग्द नपुग्दो छ र भनेर वारम्वार भनेका थिए ।  तर रावणको अभिमानले वरु भाईको साथ छोड्ने तर सीतालाई नछोड्ने अठोट लियो । तर पनि भाईले वारम्वार अविनय विनय गरे त्यसो नगर्नु भनेर ! तर शक्ति र शत्ताको अविमानले अनमत्त भएको रावण भाईमाथी कठोर वन्दै गयो र वाध्य भएर भाई विभिषण दाईको साथ छाडेर वनवासी श्रीराम तिर लागे जसै महान युद्द सुरु हुन गयो रामलाई रावणको भित्रि कुरा थाहा पाउन रावणकै भाईवाट धेरै सजिलो भयो र अन्ततोगत्वा रामणले युद्धमा राज्यको सत्ता मात्र होइन लँका नै खरानी भएको देख्नु पर्यो भने अन्त्यमा आफुपनि विलयहुनु पर्यो । यसको तात्पर्य २०७८ वैशाख २७ गते आफू आफ्नैवाट सत्ताच्युत हुनु परेको परिघटनामा आधारित लेख पौराणिक कथा सँग मेल खाएकोले यो लेख केवल संयोगमात्र हुनेछ  ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago