विश्वासको मत पुगेन, नयाँ सरकार गठनको बाटो खुल्यो

२०७८, २७ बैशाख सोमबार १८:३०

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । जम्मा खसेको दुई सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै विपक्षमा १ सय २४ जनाले मतदान गरेका छन् भने १५ जना तटस्थ बसेका छन् । प्रधानमन्त्रीको दल नेकपा एमालेका १ सय २१ सांसद छन । मतदानमा माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरू भने अनुपस्थित थिए ।

संविधानको धारा १०० को उपधारा १ बमोजिम संसदमा विश्वासको मतदान भएको हो । तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयास असफल भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

Comments

ताजा खबर