Categories: प्रदेश

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बाढीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीस्थित थानचोक नजिकै रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

फाइल फोटो

लगातारको वर्षाले आएको बाढीले आज बिहान ह्युमपाइप बगाएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले जानकारी दिए। सडक अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लाइन लागेको छ। कैयौं सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन्। डाइभर्सन निर्माण गरेर साना सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको डीएसपी गिरीले बताए। “डाइभर्सन निर्माणका लागि टोली खटिएको छ, पानी परिरहेकाले कठिनाइ भएको छ,” उनले भने।

त्यस्तै, गएराति चितवनको भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार, बिहानैदेखि दुई वटा एक्जाभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।यसअघि मंगलबार राति पनि पहिरो खसेको थियो। पहिरो पन्छाएपछि बुधबार साँझ ६ बजेदेखि मात्रै सडक सञ्चालनमा आएको थियो।

पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।त्यस्तै, पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। राजमार्ग सञ्चालन गर्न बिहानैदेखि पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago