ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

फाइल फोटो
ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । स्थानिय मानिसहरुको रोहबरमा दशीका सामानसहित बरामद गरी नियन्त्रणमा लिइ वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago