काठमाडौँ,पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केहीस्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ ।
विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिनुभयो । उहाँका अनुसारमंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ ।
अपराह्न देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । मौसम पूर्वानुमानमहाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…