वाग्मती,हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएकोमोटरसाइकल फेला पारी उहाँलाई बुझाएको हो । फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकलफेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।
फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरीनिरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…