पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ । पहिरोका कारण हिजो बेलुका सात बजेदेखि बन्द भएको सडक केहीबेर अघिदेखि एकतर्फी खुलाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।
काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा झन्डै एक हप्तायता पहिरोले लगातार समस्या पार्दै आएको छ ।
यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ । यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, चौध किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ। यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।
नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा राजमार्ग तथा सडकमार्ग बन्द छन् । यी सडकमार्ग पनि खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…