काठमाडाैं। लगातार घटिरहेको सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। साताको चाैथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा कायम भएको हो।
नेप्सेमा कूल चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। कूल २२२ वटा कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक खरिद-बिक्री भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.५० अंकले घटेर ५२५.२५ विन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.१६ प्रतिशतका दरले कमाएका छन्। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.४५ प्रतिशतका दरले गुमाएका छन्। आज छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर सबैभन्दा धेरै ४३ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ सबैभन्दा धेरै १४ लाख ९४ हजार ६९३ कित्ता र माथिल्लो तामाकोशी हाइड्रोपावरका सेयर सबैभन्दा धेरै तीन हजार ११३ पटक किनबेच भएका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…