भबिन्द्र गौतम, तानसेन २३ जेठ । पाल्पामा जारी निषेधाज्ञा यही जेठ ३१ गते सम्म थपिएको छ । जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । बन्द रहेका बैंकहरु समय हेरफेर गरेर खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गएको वैशाख १७ गते राति १२ बजेदेखि जिल्लामा सुरु भएको निषेधाज्ञा पाँचौ पटक थप गर्दै जेठ ३१ गते राति १२ बजे सम्मका लागी कायम गरिएको छ ।
यसअधि बन्द रहेका बैंकहरु आंशिक रुपमा खुल्ने भएका छन । बाणिज्य र बिकास बैंक बिहान ७ देखि १० बजे सम्म खुल्नेछन । अन्य बित्तीय संस्थाहरु लघुबित्त, सहकारी संस्था, बिमाकम्पनी लगायतका संस्थाहरु पुर्णरुपमा बन्द रहनेछन । ती कार्यालयहरुबाट प्रदान गर्ने सबै सेवाहरुमा रोक लगाइएको छ ।
अत्यावश्यक बाहेकका खाद्यन्न, तरकारी पसल, निर्माण सामाग्रीका पसल, विहान दिनको एक पटक ७ देखि ९ बजे सम्म खुल्दै आएकोमा समय बढाइ १० बजेसम्म खुल्न पाउने भएका छन । अन्य व्यपार व्यवसाय सार्वजनिक सवारी, सरकारी कार्यालय, शैक्षिक संस्था लगाएत सबै क्षेत्र पुर्बबत रुपमा बन्द रहने भएका छन ।
जिल्लामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ८ सय ७१ रहेको छ । जसमध्ये ८ सय ११ जना होम आइसोलेसनमा रहेका छन । ६० जना अस्पतालमा उपचाररत रहेका छन भने कोरोनाको दोस्रो लहरमा पाल्पामा ५६ जनाले ज्यान गुमाएका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…