युरोप फेरि कोरोना महामारीको केन्द्र बन्यो : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो।

फाइल फोटो

एक पत्रकार सम्मेलनमा डब्ल्युएचओका युरोप प्रमुख हान्स क्लुगेले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको संख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन्। उनले खोप पर्याप्त मात्रामा नलगाइँदा संक्रमितको संख्या बढेको दाबी गरे।

हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको छ। स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्। पूर्वी र मध्य युरोपका केही देशमा त खोप लगाउनेको संख्या अझै कम छ।

सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्। डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago