महासंघको भवनमा अक्सिजन सहितको आइसोलेसन निर्माण हुँदै

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नै भवनमा आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना जोखिम थप बढ्दै गएको र अग्रपंक्तिमा रही काम गर्ने पत्रकारहरु जोखिममा रहेकोले महासंघको तानसेन मेहल्धारा स्थित भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिए । अक्सिजन सहितको आइसोलेसन निर्माण तथा ब्यवस्थापनका लागि शाखा उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्य रहने गरि उपसमिति गठन गरिएको छ । आइसोलेसन ब्यवस्थापन तथा संचालनका लागि जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य शाखाहरुसित स्वास्थ्यकर्मीसितको समन्वय मिलाउने निर्णय समेत भएको छ ।

तिमिल्सिनाका अनुसार बैठकले कोरोना जोखिम बढ्दै गइरहेकोले सुरक्षित भएर समाचार संकलन तथा सम्प्रेषणमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेको छ । त्यस्तै बैठकले महासंघका पुर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य हरि बहादुर बिक (सुवास) का पिता लोक बहादुर बिकको दुबै मृर्गौलाले काम गर्न नसक्ने भएकोले मर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकोले महासंघको तर्फबाट ७ हजार रुपैयाँ सहयोग गर्ने र शाखा सदस्यहरु अन्य सहयोगी ब्यक्ति तथा संस्थाहरुलाई स्वेच्छिक सहयोगका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
महासंघको दोस्रो बैठक बुधवार भुर्चअल प्रविधिबाट शाखा अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा सम्पन्न भएको सचिव तिमिल्सिनाले जानकारी दिए ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago