महासंघको भवनमा अक्सिजन सहितको आइसोलेसन निर्माण हुँदै

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नै भवनमा आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना जोखिम थप बढ्दै गएको र अग्रपंक्तिमा रही काम गर्ने पत्रकारहरु जोखिममा रहेकोले महासंघको तानसेन मेहल्धारा स्थित भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिए । अक्सिजन सहितको आइसोलेसन निर्माण तथा ब्यवस्थापनका लागि शाखा उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्य रहने गरि उपसमिति गठन गरिएको छ । आइसोलेसन ब्यवस्थापन तथा संचालनका लागि जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य शाखाहरुसित स्वास्थ्यकर्मीसितको समन्वय मिलाउने निर्णय समेत भएको छ ।

तिमिल्सिनाका अनुसार बैठकले कोरोना जोखिम बढ्दै गइरहेकोले सुरक्षित भएर समाचार संकलन तथा सम्प्रेषणमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेको छ । त्यस्तै बैठकले महासंघका पुर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य हरि बहादुर बिक (सुवास) का पिता लोक बहादुर बिकको दुबै मृर्गौलाले काम गर्न नसक्ने भएकोले मर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकोले महासंघको तर्फबाट ७ हजार रुपैयाँ सहयोग गर्ने र शाखा सदस्यहरु अन्य सहयोगी ब्यक्ति तथा संस्थाहरुलाई स्वेच्छिक सहयोगका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
महासंघको दोस्रो बैठक बुधवार भुर्चअल प्रविधिबाट शाखा अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा सम्पन्न भएको सचिव तिमिल्सिनाले जानकारी दिए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago