२२ वैशाख, काठमाडौं । भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ ।
मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए–वान रिर्सोटलाई होटेलक्वारेन्टिनका रुपमा तोकिएको छ । यी होटेलमा देखि ९१ कोठासम्म उपलब्ध छन् ।
मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् ।मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको छ ।
नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमासहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।
यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ । बिहीबार रातिबाट हवाईउडान बन्द हुनेछन् । तर, साताको दुई उडान भने भारतबाट निरन्तर रहने छन् । भारतबाट आएका यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम सरकारले बनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…