जाजरकोट, २२ वैशाख, अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमाआउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयकाकर्मचारी बताउँछन् । प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सकबताउँछन् ।
असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद्भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताउनुभयो । नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमाल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले बताउनुभयो । “प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेरजानकारी आएको छ, सायद छिट्टै हुन्छ होला”, उहाँले भन्नुभयो ।
त्यस्तै एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्री ठाउँ अभावका कारण जोड्न नसकिएको उहाँले बताउनुभयो ।पच्चीसमध्ये अहिलेसम्म १५ वटा मात्र जोडिएको जैशीको भनाइ छ । जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भए पनिअघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन प्लान्ट अहिलेको आर्थिक वर्षको अन्तिममा आएर काम शुरु गर्दा बिरामीले सुविधा पाउन मुस्किलभएको छ ।
पलान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो, त्यसको कुनै समय नभएको अस्पतालप्रशासनले बताएको छ । कोरोना महामारीको समयमा २०० भन्दा बढी बिरामी भए पनि ठाउँ अभावका कारण अस्पतालमा उपचारहुनसकेको छैन । जिल्ला अस्पतालमा १० चिकित्सक भए पनि सामग्री खरिदका लागि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा हैरान भएकोस्वास्थ्यकर्मी बताउँछन् ।
कोरोना सङ्क्रमितलाई राख्नका लागि प्रत्येक पालिकाले कम्तीमा १० देखि १५ शय्यासम्मको क्वारेन्टिन बनाउने निर्णय भए पनिस्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन् । भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सिधै घर जाने गरेका छन् । भेरीनगरपालिका–२ मा भारतबाट आएका सर्वसाधारण बिरामी हुंदा व्यवस्थापनमा समस्या आएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…