काठमाडौं । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भारतीय भूमिमा नेपाली नागरिकमाथि गोली चलेको छ ।
भारतीय वनरक्षकको टोलीले दोधरा–चाँदनीसँग जोडिएको भातरतीय भूमिमै नेपाली नागरिकमाथि गोली चलाएका हुन् ।
गोली प्रहारबाट स्थानीय १८ वर्षीय नरेश सुनार घाइते भएका छन् । उनको कञ्चनपुरको सदरमुकामस्थित महाकाली प्रादेशिकअस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
उनका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन । घटनाबारे भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…