बार्षिकोत्सबको अवसरमा नारायणस्थान मन्दिर परिसरमा सरसफाई

कुमारी बैंक लिमिटेडले आफ्नो २०औं र्बािर्षकोत्सबको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशैभरि बिभिन्न कार्यक्रम गरि मनाएको छ । यसै अन्तरगत, पाल्पामा तानसेन नगरपालिका स्थित नारायणस्थान मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बैंकका पाल्पा शाखाका शाखा प्रबन्धक श्री अम्बिका प्रसाद बस्यालले बैंकले उपलब्ध गराएको डस्टबिन वडाका जनप्रतिनिधि श्री महेश्वर श्रेष्ठ र श्री शान्ति झेंडी लाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । अनौपचारीक कार्यक्रममा बैंकका शाखा प्रबन्धक बस्यालले यो कार्यक्रम बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत नियमित तर बैंकको बिसौ बार्षिकोत्सवले बिशेष भएको बताउनुभयो ।
कुमारी बैंक डिजिटल बैकिङ्ग सञ्चालनमा ल्याउने अग्रणी बैंक हो भने तानसेनमा तानसेन खानेपानी कार्यालयलाई डिजिटाईज गरि सम्पुर्ण भुक्तानी प्रणाली डिजिटलमा रुपान्तरण गर्ने कार्य भईराखेको र निकट भबिष्य मा नै बिद्युतिय भुक्तानी सञ्चालनमा ल्याईने जानकारी समेत दिनुभयो । उक्त कार्यक्रममा जनप्रधिनिधिहरुले बैंकको यस कार्यको सराहाना गर्नुभयो ।
उक्त कार्यक्रममा जनप्रधिनिधि, समाजसेबी, बैंकका कर्मचारी तथा स्थानियहरुको उपस्थिति थियो ।
हाल कुमारी बैंकका १९३ शाखा १३ बिस्तारित शाखा तथा २५ शाखा रहित बैकिङ्ग कार्यालय वाट देशै भरि अत्याधुनिक बैकिङ्ग सेवा दिईरहेको अग्रणी बैंक हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago