Categories: राशिफल

पञ्चाङ्ग सहित आजको राशिफल

आज मिति२०७७ चैत २२आइतवार, तदनुसार ४ अप्रिल २०२१ प्रमादी नाम सम्वत्तर, सुर्य उत्तरायण, वसन्त ऋतु चैत्र कृष्णपक्ष तिथि-सप्तमी, ९:२१ बजे उप्रान्त कृण्ण अष्टमी, मूल नक्षत्र ०७:३६ बजे उप्रान्त पूर्वाषाढा, धनु रासी सर्वार्थ सिद्धियोग ७:३६ बजेसम्म, आउनुहोस श्रीसुर्यदेवको स्मरण सँगैआजको दिनको शुभारम्भ गरौ ।।

ज्यो. जयराम सापकोटा

मेष: <> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपाइको मुल्याङ्कन हुनेछ, सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक १ रहेकोछ ।

बृष: <> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्तबाट समेत टाढिनुपर्ने समय छ,वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन:<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,आजको शुभ अंक १० रहेको छ ।

कर्कट:<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।

सिहं: <> (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,पारिवारिक जीवनमा मतभेत रहनेछ, अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या: <> (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

तुला: <> रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आस मारेको कामले सकारात्मक मोड लिने सम्भावना छ,पारीवारिक सहयोग बढ्ने छ,दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक:<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काम बिग्रने डरले सताइर हनेछ, राम्रै फाइदाको योग छ, विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ, रोकियाका कामहरु बन्नेछ, श्रमबाट प्रशस्त धन लाभ हुनेछ, रोजगारीमा सफलता मिल्ने छ, आजको शुभ अंक २ रहेको छ ।

धनु: <> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बैदेशिक यात्रा हुने सम्भावना छ, भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, रोकियका कामहरु बन्ने छन्, स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ, सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

मकर: <> (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्, बोलीमा विचार पुराउनु होला, आर्थिक संकट पर्नेछ, भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ: <> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ, पारिवारिक किचलो हुनेछ, बोलीमा विचार गर्नु होला, अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, चोटपटकको सम्भावना छ, आजको शुभ अंक ८ रहेको छ ।

मीन: <> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारिक जमघटमा मन रमाउनेछ, उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ, आत्म–विश्वास बढ्नेछ, विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ, स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, आजको शुभ अंक ३ रहेको छ ।

दुर्जनेन समंसख्यं वैरञ्चापी नकारयेत् ।
उष्णो दहतीचाङ्गार शितः कृष्णायते करम् ।।
अर्थ:- दुष्टसंग मित्रता नगर्नु र वैरभाव पनि नराख्नु यी आगो जस्ता हुन् । तातो छँदा हात जलाईदिन्छ भने निभिसके पछि पनि हात कालै गराइदिन्छ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago