कुमारी बैंक लिमिटेडले आफ्नो २०औं र्बािर्षकोत्सबको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशैभरि बिभिन्न कार्यक्रम गरि मनाएको छ । यसै अन्तरगत, पाल्पामा तानसेन नगरपालिका स्थित नारायणस्थान मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बैंकका पाल्पा शाखाका शाखा प्रबन्धक श्री अम्बिका प्रसाद बस्यालले बैंकले उपलब्ध गराएको डस्टबिन वडाका जनप्रतिनिधि श्री महेश्वर श्रेष्ठ र श्री शान्ति झेंडी लाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । अनौपचारीक कार्यक्रममा बैंकका शाखा प्रबन्धक बस्यालले यो कार्यक्रम बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत नियमित तर बैंकको बिसौ बार्षिकोत्सवले बिशेष भएको बताउनुभयो ।
कुमारी बैंक डिजिटल बैकिङ्ग सञ्चालनमा ल्याउने अग्रणी बैंक हो भने तानसेनमा तानसेन खानेपानी कार्यालयलाई डिजिटाईज गरि सम्पुर्ण भुक्तानी प्रणाली डिजिटलमा रुपान्तरण गर्ने कार्य भईराखेको र निकट भबिष्य मा नै बिद्युतिय भुक्तानी सञ्चालनमा ल्याईने जानकारी समेत दिनुभयो । उक्त कार्यक्रममा जनप्रधिनिधिहरुले बैंकको यस कार्यको सराहाना गर्नुभयो ।
उक्त कार्यक्रममा जनप्रधिनिधि, समाजसेबी, बैंकका कर्मचारी तथा स्थानियहरुको उपस्थिति थियो ।
हाल कुमारी बैंकका १९३ शाखा १३ बिस्तारित शाखा तथा २५ शाखा रहित बैकिङ्ग कार्यालय वाट देशै भरि अत्याधुनिक बैकिङ्ग सेवा दिईरहेको अग्रणी बैंक हो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…