प्रेस सेन्टर बागलुङको पाँचौ सम्मेलन: अध्यक्षमा थापा चयन

कात्तिक १७, बागलुङ। जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टर बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन । सेन्टरको मंगलबार बागलुङमा सम्पन्न पाचौं जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह, सरिता खत्री, सचिवमा अनिश खाती, सहसचिवमा शर्मिला रोका मगर, योगेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा कृष्ण सापकोटा रहेका छन ।
समितीको सदस्यहरुमा बिमल खड्का, सुमन सुनार, कुम्विर विश्वकर्मा, पूर्णभद्र निउरे, रोसन थापा मगर, सविता खत्री, चानसिंह श्रीस, बिमल पौडेल, धन बहादुर विश्वकर्मा, जगेन्द्र विश्वकर्मा, अशोक बुढाथोकी र सन्तोषी कार्की रहनुभएको छ । दुई सदस्य पछि थप गरिने अध्यक्ष थापाले बताए । सम्मेलनले १७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा बद्री प्रसाद शर्मा, निर्मल बहादुर श्रेष्ठ, राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, कोपिला कंडेल, बेलुकाजी थापा, राज थापा, खगेन्द्र विश्वकर्मा, संगम घर्ती मगर, राम थापा ‘अविरल’, झपेन्द्र क्षेत्री, शिवशरण ज्ञवाली, मित्र खरेल, वीर बहादुर चोखाल र राजु खड्का र घनश्याम गौतम रहेका छन ।
“पूर्ण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो अभियान, जनपक्षीय र व्यावसायिक पत्रकारिताका लागि पाचौं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघ बागलुङको सभाकक्षमा सम्मेलन सम्पन्न भएको प्रेस सेन्टर नेपाल बागलुङले जनाएको छ ।
bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago