सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौँ, २० वैशाख । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउपरेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान र दुईवटा बाला बरामद गरेको हो । यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ । पक्राउ परेका उनीहरुले लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि विदेश लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । पक्राउ पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…