राजमार्गका घरमा डोजर लगाइयो

पाल्पा । सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु भत्काउन शुरु गरिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत स्वय घरधनीहरुले भौतिक संरचना नहटाएपछी सडक कार्यालयले डोजरको प्रयोग गरी स्थायी तथा अस्थायी भौतिक संरचना हटाउन थालेको हो ।

सडक कार्यालयले पहिलो चरणमा सडक ऐन २०३१ अनुसार सडक सिमा अतिक्रमण गरिएका अस्थायी तथा स्थायी भौतिक संरचना हटाउने सार्वजनिक सूचना जारी गर्यो, दोस्रो चरणमा सडक सिमा भित्र अतिक्रम भएका संरचना आफै हटाउन ७ दिने सार्वजनिक सूचना जारी गर्यो, तेस्रो पटक घरधनी स्वयमले सडक सिमा भित्र बनाएका संरचना नहटाए कार्यालयले आफै भत्काउने सो संरचना भत्काउने र क्षतीपुर्ति भराउने सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार कसैले पनि अतिक्रम गरेका भौतिक संरचना आफै नहटाएपछी कार्यालयले डोजर लगाएर संरचना भत्काउन शुरु गरेको हो । सम्बन्धित समाचार ।पहिरो हटाउने भन्दा स्थानीयका घर फाल्न किन हतार ?

डिभिजन कार्यालयले विगतमा कार्यालय संचालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काएको हो । पहिलो दिन कार्यालयले बर्तुङ्ग देखी राईडाडा सम्मका भौतिक संरचना हटाएको छ ।

डिभिजन सडक कार्यालयले सिद्धार्थ राजमार्गको पाल्पा चिडियाखोला देखी राम्दी सम्म सडक सिमा अतिक्रमण गरी बनाएका ७ सय घरमा हटाउने गरी रातो चिन्ह लगाएको थियो । पहिलो चरणमा सिद्धार्थ राजमार्गको राम्दी देखी चिडियाखोला सम्मका अतिक्रमित भौतिक संरचना हटाउने र दोस्रो चरणामा तानसेन तम्घास सडक खण्डका अतिक्रमित हटाउने डिभिजन सडक कार्यालयका ईन्जिनियर राम पियारी चौधरीले बताए ।
सिद्धार्थ राजमार्गको बुटवल देखी पोखरा सम्म दुई लेनको पुर्ण डेडिकेटेट सडक निर्माण गर्ने डिपिआर तयार भएकोले सोही अनुसार अतिक्रमित सडक क्षेत्र खाली गर्न डिभिजन सडक कार्यालय सक्रिय भएर लागेको छ ।

bhabindra gautam

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago