गण्डकी प्रदेशका जिल्लामा ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम संचालन

पाेखरा, १९ पुस । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा समन्वय र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम संचालन गरिएको छ ।

फाइल फोटो

तनहु जिल्लाको ब्यास नगरपालिका ३ स्थित ब्यास नगरपालिकाको सभाहलमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा आज ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रमको समुदघाटन भएको हाे ।

ब्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, तनहुँ उधोग बाणिज्य सँघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।”ट्राफिक ब्यबस्थापनको लागि प्रशिक्षण कार्यक्रम अति नै आवश्यक छ ।  सुधारका कार्यक्रमहरु निरन्तर भई रहनु पर्दछ ट्राफिक ब्यबस्थापनले शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ २ पाङ्ग्रे सवारी साधन चलाउदा समस्या धेरै आएका हुन्छन

प्रशिक्षण कार्यक्रम यसै बिषयहरुमा केन्द्रित रही गर्न लाग्नु भएकोले प्रभावकारी हुने मा हामी बिश्वस्त छौ सवारी संचालन सम्बन्धि ज्ञान हुदाँ हुदै पनि बढी जान्ने Over Confident)  बन्दा धरै सवारी दुर्घटना भएको पाईएको छ, यि बिषयहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम संचालन गर्नाले सवारी दुर्घटना न्युनिकरणमा प्रभावकारीता बढ्ने छ भन्ने लगायतका मन्तब्य कार्यक्रम ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा २०० जना २ पाङग्रे सवारी साधनका चालकहरुलाई प्रशिक्षण गरी ३०० प्रति पर्चा पम्पलेट समेत बितरण गरिएको  थियाे ।

कार्यक्रममा उदघाटन सत्र र प्रशिक्षण सत्र गरी २७० जना सहभागी भएका  थिए । कार्यक्रमको बिषय बस्तु र प्रभावकारीताको बारेमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी गराउनु भएको थियाे । कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि बिशिष्ट, अतिथि अतिथि लगायत उपस्थित सबै लाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे ।

साथै २ पाङ्ग्रे सवारी साधनका चलकलाई सडकमै प्रशिक्षण कार्यक्रम गराउने र चालक सहचालकहरुलाई प्रशिक्षण कार्यक्रम र सरोकारवाला निकायहरु सँग अन्तर्कृया तथा छलफल कार्यक्रम गण्डकी प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुमा पनि संचालन गरिने भएकाे  छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago