गण्डकी प्रदेशका जिल्लामा ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम संचालन

पाेखरा, १९ पुस । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा समन्वय र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम संचालन गरिएको छ ।

फाइल फोटो

तनहु जिल्लाको ब्यास नगरपालिका ३ स्थित ब्यास नगरपालिकाको सभाहलमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा आज ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रमको समुदघाटन भएको हाे ।

ब्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, तनहुँ उधोग बाणिज्य सँघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।”ट्राफिक ब्यबस्थापनको लागि प्रशिक्षण कार्यक्रम अति नै आवश्यक छ ।  सुधारका कार्यक्रमहरु निरन्तर भई रहनु पर्दछ ट्राफिक ब्यबस्थापनले शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ २ पाङ्ग्रे सवारी साधन चलाउदा समस्या धेरै आएका हुन्छन

प्रशिक्षण कार्यक्रम यसै बिषयहरुमा केन्द्रित रही गर्न लाग्नु भएकोले प्रभावकारी हुने मा हामी बिश्वस्त छौ सवारी संचालन सम्बन्धि ज्ञान हुदाँ हुदै पनि बढी जान्ने Over Confident)  बन्दा धरै सवारी दुर्घटना भएको पाईएको छ, यि बिषयहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम संचालन गर्नाले सवारी दुर्घटना न्युनिकरणमा प्रभावकारीता बढ्ने छ भन्ने लगायतका मन्तब्य कार्यक्रम ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा २०० जना २ पाङग्रे सवारी साधनका चालकहरुलाई प्रशिक्षण गरी ३०० प्रति पर्चा पम्पलेट समेत बितरण गरिएको  थियाे ।

कार्यक्रममा उदघाटन सत्र र प्रशिक्षण सत्र गरी २७० जना सहभागी भएका  थिए । कार्यक्रमको बिषय बस्तु र प्रभावकारीताको बारेमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी गराउनु भएको थियाे । कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि बिशिष्ट, अतिथि अतिथि लगायत उपस्थित सबै लाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे ।

साथै २ पाङ्ग्रे सवारी साधनका चलकलाई सडकमै प्रशिक्षण कार्यक्रम गराउने र चालक सहचालकहरुलाई प्रशिक्षण कार्यक्रम र सरोकारवाला निकायहरु सँग अन्तर्कृया तथा छलफल कार्यक्रम गण्डकी प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुमा पनि संचालन गरिने भएकाे  छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago