पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली लप्सीको रुखमा आइतबार टिपर दुर्घटनामा ४० वर्षीय रामु कार्कीको मृत्यु भएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

नवलपरासीको सुनवलबाट रैनादेवी छहरा–१, सिद्देश्वर चुनढुंगा खानीतर्फ ढुंगा लिन जाँदा दुर्घटना भएको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । लु २ ख २१७१ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकदेखि १ सय ५० मिटर तल खस्दा चालक रैनादेवी छहरा–५, मुझुङका कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै माथागढी गाउँपालिका–१, चिदीपापानीका ५१ वर्षीय गंगाबहादुर सार्कीको बाटोबाट लडेर मृत्यु भएको छ । सडकबाट ७ फिट तल खसेर घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago