फाइल तस्बिर।
पाल्पा । छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटनामा परी एक जनाको ज्यान गएको हो । ज्यान गुमाउने टिपरका चालक रहेका छन ।
रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिए । रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको थियो ।
यस्तै माथागढी गाउँपालिका वडा नं.-१ चिदिपानी मा एक जनाको बाटोबाट भिरमा खसेर ज्यान गएको छ । ज्यान जाने चिदिपानी बस्ने बर्ष ५१ गंगा बहादुर सार्की रहेका छन । आफ्नो घर देखी घ्याङसिंङ तर्फ जाने क्रममा बाटो देखि अन्दजी ७ फिट तल खस्न गई घाईते भएका थिए । उनलाई उपचारको लागि युनाईटेड मिसन अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…