नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद अष्टभुजा पाठक रूपन्देहीका स्थायी बासिन्दा हुन् । आर्थिक हैसियत बलियो भएका अनितराईका जमिन्दार मानिने पाठकले आर्थिक वर्ष २०७६/०७७ मा उपचार खर्चबापत प्रदेश सभा सचिवालयबाट १९ हजार ३४३ रूपैयाँबुझेका छन् ।
नेकपा कपिलवस्तुका सांसद विष्णु पन्थीको बुटवल र कपिलवस्तुको वाणगंगामा गरी दुईवटा घर छन् ।
उनको आफ्नै महंगो गाडी पनि छ । आर्थिक रूपमा सम्पन्न पन्थीले प्रदेश सभाबाट उपचार खर्चका नाममा २९ हजार ४४५ रूपैयाँ बुझेकाछन् ।
अर्थ, उद्योग, तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेका पनि बुटवलमा घर छन् । छोराहरू युरोपमा रहेका तथा बलियो आर्थिकअवस्था रहेका उनले पनि राज्यकोषबाट १२ हजार १६२ रूपैयाँ उपचार खर्च बुझेका छन् ।
तत्कालीन बुटवल नगरपालिकाका मेयर समेत रहेका नेकपा बुटवलका सांसद भोजप्रसाद श्रेष्ठले पनि उपचार खर्चका लागि भन्दै ३५हजार १६९ रूपैयाँ लिएका छन् । श्रेष्ठको पनि बुटवलमा घर छ ।(लोकान्तरबाट साभार)
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…