ज्वरोका बिरामिको रगत परिक्षण गर्न मान्दैनन मेडिकलका ल्याब

तानसेन । समुदायमा स्वास्थ्यको अवस्था सामान्य रहेको बेला ग्राहक तान्न निकै प्रचार-प्रसार गर्ने तानसेनका निजि मेडिकल अहिले भने बिरामीको उपचारमा आनाकानी गर्नेगरेका छन । पाल्पाका अस्पतालहरु बिरामीले भरिभराउ छन । सामान्य ज्वरोका बिरामीहरु अस्पताल जानुको सट्टामा निजि क्लिनिकमा जाने गर्छन । तर तानसेनका केही मेडिकलमा संचालन रहेका ल्याबमा भने ज्वोरोका बिरामीहरुको परिक्षण नै हुदैन । उनिहरुले बिरामी हेर्न अनाकानी गर्छन । जसका कारण सामान्य उपचार पाउन सर्बसाधारणले कष्ट भोग्नुपरेको छ ।

तस्बिर गुगल

शुक्रबार पाल्पा अस्पतालमा बिरामी जाचका लागी पुग्दा किट नभएको भनेर फर्काइयो । यस्तै नेपाल परिवार नियोजन संघको भवन तानसेन बारुदखानमा पुग्दा ज्वरोका बिरामीको रगत जाँच नहुने भन्दै फर्काइयो । तत्कालै तानसेनको प्रसंशा मेडिकलहलमा सम्पर्क गर्दा ज्वरो आएका बिरामिको उपचार र परिक्षण नहुने संचालकले जानकारी दिए । चिकित्सकको आचार संहितामा `आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने´ भन्ने उल्लेख छ तर यहाँका निजि तथा संस्थागत संस्था भने आचारसंहितामा बेखबर जस्तै छन ।

सरकारले मेडिकल र स्वास्थ्य उपचारको क्षेत्रलाई अत्यावश्यक सेवामा सूचीकरण गरेको छ । तर अत्यावश्यक क्षेत्रमा पर्ने निजि मेडिकलहरुले महामारीको बेलामा उपचार गर्न अनाकानी गर्दा सहज उपचारमा कठिनाई भएको छ । नागरिकले सामान्य उपचार पाउन सहज बाताबरण बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान आवस्यक छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago