१९ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिकाकै दुई जनाको आइतबारदिउँसो मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ४० वर्षीया संक्रमितमहिलाको मृत्यु भएको जानकारी दिए । वैशाख १३ गते कोरोना पुष्टि भएपछि उनको सेती अस्पतालमा उपचार भइरहेको थियो ।
यस्तै धनगढी उपमहानगरपालिका ५ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचनाअधिकारी दिलिप कुमार श्रेष्ठले आईसीयूमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको जानकारी दिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…