१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीकालागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितकोआइसोलेसन सेन्टर तयार गरिएको हो ।
कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्यामव्यञ्जनकारले जानकारी दिए । ‘अस्पतालहरुमा बेड नपाइरहेको समाचार आइरहेको छ । त्यसैले सामान्य अक्सिजनले हुने अवस्थामाहामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं,’ उनले भने ।
अहिलेसम्म स्थानीय बासिन्दालाई कोरोना संक्रमण भएको खबर नपाएको उनले बताए । डा. विक्रम व्यञ्जनकार, डा. सुविन व्यञ्जनकारर डा. सुनिता व्यञ्जनकारको सुझाव अनुसार आइसोलेसन तयार पारिएको उनले बताए ।
आइसोलेसनमा बस्नेहरुलाई डा. समिरा व्यन्जनकारले जाँच गर्नेछिन् । डा. समिरा २०७४ सालमा भएको युएस बंगला विमान दुर्घटनामाबाँच्न सफल व्यक्ति हुन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…