१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीकालागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितकोआइसोलेसन सेन्टर तयार गरिएको हो ।
कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्यामव्यञ्जनकारले जानकारी दिए । ‘अस्पतालहरुमा बेड नपाइरहेको समाचार आइरहेको छ । त्यसैले सामान्य अक्सिजनले हुने अवस्थामाहामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं,’ उनले भने ।
अहिलेसम्म स्थानीय बासिन्दालाई कोरोना संक्रमण भएको खबर नपाएको उनले बताए । डा. विक्रम व्यञ्जनकार, डा. सुविन व्यञ्जनकारर डा. सुनिता व्यञ्जनकारको सुझाव अनुसार आइसोलेसन तयार पारिएको उनले बताए ।
आइसोलेसनमा बस्नेहरुलाई डा. समिरा व्यन्जनकारले जाँच गर्नेछिन् । डा. समिरा २०७४ सालमा भएको युएस बंगला विमान दुर्घटनामाबाँच्न सफल व्यक्ति हुन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…