फाइल फोटो
वुटवल । अचानक राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल पुन: नियुक्ति हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार नियुक्त गरिएको बताइएको छ । मुख्यमन्त्री शंकर पोखरेल नेकपा एमालेको संसदीय दलको नेता हुनुहुन्छ ।
यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । आइतबार बिहान अचानक लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकाे थियाे। उक्त अविश्वास प्रस्तावमाथि आज आह्वान गरिएको बैठकमा छलफल हुने कार्यसूचि रहेकाे थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…