काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको दर उच्च भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंउपत्यकामा ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २७ सय ४४, भक्तपुरमा ३ सय १ रललिपुरमा ५५० जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा १६ हजार १ सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ र ६ सय २३ जनाकोएन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् । हालसम्म नेपालमा ८४दशमलव ५१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् । त्यस्तै हाल ४८ हजार ७ सय ११ सक्रिय संक्रमित रहेका छन् ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…