मुख्यमन्त्रीमा पोखरेल पुन: नियुक्ति

वुटवल । अचानक राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल पुन: नियुक्ति हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा  प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार नियुक्त गरिएको बताइएको छ । मुख्यमन्त्री शंकर पोखरेल नेकपा एमालेको संसदीय दलको नेता हुनुहुन्छ ।
यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । आइतबार बिहान अचानक लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकाे थियाे। उक्त अविश्वास प्रस्तावमाथि आज आह्वान गरिएको बैठकमा छलफल हुने कार्यसूचि रहेकाे थियो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago