चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना टोलीमाथि ध्रुवे हात्तीको आक्रमण, चार जना घाइते

चितवन,चैत २० । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि खटिएका गणकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा गणना गरेर फर्किने क्रममा नवलपुरको मध्यविन्दु नगरपालिका–२ गैंडाखालमा हात्तीले आक्रमण गर्दा चारजना घाइते भएको नवलपुरका एसपी प्रकाश मल्लले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘निकुञ्जमा गैंडा गणना गरेर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका रहेछन् ।’ घाइते मध्ये गैंडा गणनामा खटिएका ३५ वर्षका विनोद श्रेष्ठको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि काठमाडौं पठाइएको एसपी मल्लले बताए।

घाइते मध्ये एकजनाको जिल्ला अस्पताल मध्यविन्दुमा उपचार भइरहेको र अन्य दुई जना भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैंडा गणनामा खटिएको टोलीमाथि ध्रुवे हात्तीले आक्रमण गर्दा गणनामा खटिएका कर्मचारी घाइते भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘गैंडा गणनाका लागि त्यस क्षेत्रमा ३० वटा हात्तीमा गैंडा गणना टोली खटिएको थियो ।

गैंडा गणना गरेर फर्कने क्रममा ध्रुवे नाम गरेको हात्तीले गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण गरेपछि हात्तीबाट खसेर गणनामा खटिएका कर्मचारीहरु घाइते भएका हुन् ।’गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि ध्रुवेले आक्रमण गरेपछि निकुञ्ज प्रशासनको तीन वटा हात्ती हराइरहेको उनले बताए ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago