विधी र पद्धती बाट मुलुकलाई निकास दिन ताजा जनादेशमा गएको हो – परराष्ट्रमन्त्री ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीले दुई तिहाई मत प्राप्त प्रधानमन्त्री लाई चौरतर्फी घेरा हाली काम गर्न नदिएको कारण प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गरी ताजा जनादेशको लागी जनतामा गएको बताएका छन ।

नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुन गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकोले ताजा जनादेशको लागी प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको दावी गरे ।

पार्टी नेता प्रचण्ड, माधव कुमार नेपाल प्रति लक्षित गर्दै नेता ज्ञवालीले तितो सत्य यही हो । उहाँहरुको पद लोभको कारण पार्टीमा गंभिर समस्या भएको चौतर्फी घेरावन्दी गरिएको, बैधानिक बाटो बाट भन्दा मुढेवलको भरमा पार्टी र सरकार कव्जा गर्न खोजेको कारण प्रधानमन्त्री विधी पद्धती बाट मुलुक लाई निकास दिन ताजा जनादेशमा गएको दावी गरे ।
अहिले पनि नेकपा पाटी फुट नभएको बताउदै नेता ज्ञवालीले पाटी भित्रका केही नेता संसद पुनरस्थापनाको माग गर्दै सडक आन्दोलन छोडेर आउदो बैशाखमा हुने निर्वाचनमा केन्द्रित भएर प्रचार प्रसारमा लाग्न पाटी नेता तथा कार्यकर्तालाई अनुरोध गरे । सडकमा गएका मित्रहरुले बाह्य शक्तीको हस्तक्षेपको आव्हान गरिरहेको नेता ज्ञवालीले बताए । पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले तिक्ततापुर्ण भारत सम्वन्ध अहिले सुमधुर हुदै गएको, भारतीय परियोजनाहरु पुन संचालनमा आएको, सिमा समस्या पनि बार्ताबाटै समाधान हुने नेता ज्ञवालीले बताए । ओली पक्षिय जिल्ला कार्यकर्ताहरु लाई सम्वोधन गर्न परराष्ट्रमन्त्री पाल्पा आएका हुन । पाल्पामा प्रचण्ड नेपाल पक्षले यस अघि नै कार्यकर्ता भेला गरिसकेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago