विधी र पद्धती बाट मुलुकलाई निकास दिन ताजा जनादेशमा गएको हो – परराष्ट्रमन्त्री ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीले दुई तिहाई मत प्राप्त प्रधानमन्त्री लाई चौरतर्फी घेरा हाली काम गर्न नदिएको कारण प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गरी ताजा जनादेशको लागी जनतामा गएको बताएका छन ।

नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुन गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकोले ताजा जनादेशको लागी प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको दावी गरे ।

पार्टी नेता प्रचण्ड, माधव कुमार नेपाल प्रति लक्षित गर्दै नेता ज्ञवालीले तितो सत्य यही हो । उहाँहरुको पद लोभको कारण पार्टीमा गंभिर समस्या भएको चौतर्फी घेरावन्दी गरिएको, बैधानिक बाटो बाट भन्दा मुढेवलको भरमा पार्टी र सरकार कव्जा गर्न खोजेको कारण प्रधानमन्त्री विधी पद्धती बाट मुलुक लाई निकास दिन ताजा जनादेशमा गएको दावी गरे ।
अहिले पनि नेकपा पाटी फुट नभएको बताउदै नेता ज्ञवालीले पाटी भित्रका केही नेता संसद पुनरस्थापनाको माग गर्दै सडक आन्दोलन छोडेर आउदो बैशाखमा हुने निर्वाचनमा केन्द्रित भएर प्रचार प्रसारमा लाग्न पाटी नेता तथा कार्यकर्तालाई अनुरोध गरे । सडकमा गएका मित्रहरुले बाह्य शक्तीको हस्तक्षेपको आव्हान गरिरहेको नेता ज्ञवालीले बताए । पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले तिक्ततापुर्ण भारत सम्वन्ध अहिले सुमधुर हुदै गएको, भारतीय परियोजनाहरु पुन संचालनमा आएको, सिमा समस्या पनि बार्ताबाटै समाधान हुने नेता ज्ञवालीले बताए । ओली पक्षिय जिल्ला कार्यकर्ताहरु लाई सम्वोधन गर्न परराष्ट्रमन्त्री पाल्पा आएका हुन । पाल्पामा प्रचण्ड नेपाल पक्षले यस अघि नै कार्यकर्ता भेला गरिसकेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago