पाल्पा । युवाहरुको एउटा समूह न्यानो कपडाबोकेर बगनासकालीको पोखराथोक पुग्यो । स्थानीय हर्सित भए । उनिहरुले पुष महिनाको चिसो सिरेटोलाई छेक्नलाई राहत हुनेगरी सामाग्री बोकेका थिए । यो अवसर सामाजिक कार्यमा सकृय रहेको सस्था वंश गोपाल युवा क्लबको संयोजनमा स्टुडेन्स चेरिटेबल सोसाइटी (एससिएस) लुम्बिनी मेडिकल कलेजले जुटाएको थियो ।
बग्नासकाली वडा न २ पोखराथोकका पिपन्न परिवारका १५० जना सदस्यलाई न्यानो कपडा वितरण गरिएको वंश गोपाल युवा क्लबका अध्यक्ष प्रदिप खनाले बताउनु भयो । न्यानो अभियानमा लुम्बिनी मेडिकल कलेज , समाज सेवी नरेश नेपाल खुम ब.कुमाल लगायतको सहयोग रहेको छ ।
कार्यक्रममा स्टुडेन्ड क्रियशनका अध्यक्ष डा शाैरभ आचार्य सचिव केशव खनाल लगायत विभिन्न महानुभावकाे उपस्थिति रहेकाे थियाे । अब दर्पुकमा रहेका बाेटे समुदायमा न्यानाे लुगा वितरण गरिने स्टुडेन्ट किरियसनका अध्यक्ष शाैरभ आचार्यले बताउनुभयाे ।
जाडोको समयमा नागरिकहरूलाई केही राहत होस भनी सस्थाले न्यानो मायाको स्वरूप कपडा वितरण गरेको सहभागीले बताए । बिपन्न परिवारका सदस्यहरुले हर्शित हुदै आगामी दिनमा अझै यस्तै सहयोग गर्न आग्रह गरेका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…