कुनै बेलाको व्यापारिक लाइफलाइन अहिले बन्यो मृत शहर

सिन्धुपाल्चोकको लिपिङ कुनै बेला निकै व्यस्त हुन्थ्यो। चीन नेपालको सीमामा रहेको यो क्षेत्र काठमाडौंको व्यापारिक हब थियो।दैनिक सयौं मानिस आउजाउ गर्थे यहाँ। होटल, रेष्टुराँहरु रातिसम्म खुल्थे। मालसामान बोकेका सवारीसाधन गुडिरहन्थे। रोजगार केन्द्र नैथियो कोदारी राजमार्गमा पर्ने बस्ती। तर २०७२ सालको भूकम्पले त्यो ठाउँलाई निर्जिव बनाइदियो भन्दा फरक नपर्ला।

फोटो फाईल

 

२०७२ सालको भूकम्पमा यहाँ ठूलो जनधनको क्षति भयो। सँगै गुम्यो कयौंको रोजगारी। तर भूकम्प गएको वर्ष बितिसक्दा पनि योबस्ती ठडिनसकेको छैन। कुनै बेला जगजमगाउने यो बजार अहिले खण्डहरमा परिणत भएको रहेछ। त्यसमाथि भूकम्पपछि आएकोबाढीहरुले समेत सो क्षेत्रलाई निकै प्रभावित बनाएको छ। त्यसैले ठाडो खोलादेखि माथि बस्ती बसाउन सरकारले रोक लगाउँदा कुनैबेलाको व्यापारिक केन्द्र अहिले मृत शहर बनेको छ।

तातोपानी नाका आएर चीनको खासामा सामान किन्नेको भीड लाग्ने यो नाका सुनसान अहिलेसम्म। अहिले कहिलेकाही चीनबाटसामान ढुवानी भने हुने गरेको छ। तर पहिला झै चीन गएर सामान खरिद गरेर ल्याउन भने छुट छैन। कुनै बेला मानिसहरुको बाहुल्य हुनेठाउँ अहिले मानिस बिहिन छ। छन् घरहरुमात्रै, भत्किएका। त्यहाँ पुग्दा लाग्छ, केही क्षण अघि मात्रै प्रलयले लिपिङमाथि प्रहार गर्‍यो।तर यी घाउ पुरानै हुन्। जुन सायदै अब निको हुन्छ होला।

    फोटो फाईल

भोटेकोशी गाउँपालिका वडा का अध्यक्ष मुके शेर्पाका अनुसार भूकम्पका कारण धेरै ठूलो बजारको अस्तित्व नै तहसनहस भयो।त्यसमाथि २०७३ सालको बाढी पहिरोले समेत यो क्षेत्रमा धेरै असर गर्‍यो। त्यसपछि चीन सरकारले नेपाल सरकारलाई पत्र पठाएर ठाडोखोलादेखि माथि घर व्यवासाय गर्न नदिन भन्दै आग्रह गरेको उनी बताउँछन्। त्यसयता वर्षौंदेखि तातोपानी नाकालाई आफ्नोजीवनथलो बनाउँदै आएका मानिसहरु विस्थापित भए।

कोही घर भाडामा लिएर बसिरहेका छन्। कोही काठमाडौंमा काम गरिरहेका छन्। केहीमाथि गाउँतिर गएर बसेका छन्। केही उपायनभएकाहरु भत्किएकै घरमा शरण लिन बाध्य छन्। एउटा परिवारकै दुई तीनवटा घर समेत थिए। उनीहरुको पुर्खौली घर नै त्यहाँ थियो।अहिले सबै सुकुम्बासी बन्न बाध्य भएशेर्पाले भने।

भूकम्पपछि सरकारले पुनर्निर्माणका विभिन्न प्याकेजहरु ल्याए। जसअनुसार नमूना बस्तीदेखि बस्ती स्थान्तरणसम्मका कार्यहरु भए, जारी छन्। तर सिन्धुपाल्चोकको तातोपानीमा सरकारको चासो भएन।

स्थानीय रामकृष्ण विक भन्छन्, ‘पैसाका लागि अन्त कतै जानु पर्दैन थियो। तर भूकम्पले तहसनहस पार्‍यो। नेपाल सरकारले यहाँ घरबनाउने बारेमा चासो नै लिएन। नेपालकै क्षेत्रमा लालपूर्जा छ। नेपाल सरकारले नै घर बनाएर नबस्नु भनेको छ। सरकारले किन यहाँबस्ती बसाउन रोक्यो थाहा छैन।

कोदारी राजमार्गको लाइफलाइन रहेको यो बस्ती बसाउन सरकारले रोकेपछि गाउँपालिका बैठक बसेरसमेत बजार बस्ती पुनर्निर्माणगर्ने बारेमा जनप्रतिनिधिहरुले छलफल गरे। तर गाउँपालिकालाई सो क्षेत्रमा रहेको गुम्बासमेत हटाउन पत्र आएको वडा अध्यक्ष शेर्पाबताउँछन्।  

सडक क्षेत्रमा रहेको बजार फेरि बसाउने गरि घर नबनाउन गुम्बा नै हटाउन भने पछि त्यसको कारण गाउँपालिकाले मन्त्रालयलाईसोध्यौं। तर कुनै उत्तर आएन।

केन्द्र सरकारले स्थानीय सरकारलाई उत्तर नपठाउँदा जनप्रतिनिधिहरु पनि नाजवाफ भएका छन्। धेरैको प्रश्न हुन्छ, ‘बस्ती पुनर्निर्माणकिन भएन?’ उनीहरुसँग कारण छैन। भूकम्पका कथामात्रै।(पहिलोपोस्टबाट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago