विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव

काठमाडौँ – शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ । माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।

केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ ।

आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो । केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् । मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago