बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आक्रमणबाट एक जनाएको ज्यान गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट सोमबार ज्यान गएको हो।

फाइल फोटो

निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर पर क्षतविक्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको शव फेला पारेको हो ।

गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो। बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्। बाघको आतंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago