पाल्पा, १७ फागुन ।
सबै विपन्न परिवारको घरमा टिनको छाना लगाएपछी
सम्बिधानमा ब्यवस्था भएको आवासको सुबिधा पुर्ण भएको महसुस भएको छ । बगनासकाली गाउँपालिका भित्र फुसको छाना रहेका घरहरुमा टिनको छाना लगाइएको छ । यो सङ्गै फुसको छानारहित गाउँपालिका बन्न सफल भएको छ । विस्थापन संगै बगनासकाली गाउँपालिका जिल्लामै पहिलो फुसको छाना रहित गाउँपालिका भएको हो ।
तिन बर्षको अबधिमा ६९ लाख रुपैंया खर्च गरि गाउँपालिकाले फुसको छाना विस्थापन गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष ०७४/७५ र ०७५/७६ मा १५/१५ लाख रुपैंया तथा ०७६/७७ मा ३९ लाख रुपैंया बजेट खर्च गरि बगनासकाली गाउँपालिका भरीका विपन्न परिवारहरुको घरमा टिन लगाईएको गाउँपालिकाले जनाएको छ ।
स्थानिय तहको निर्वाचनको बेला घोषणापत्रमा उल्लेख गरिएअनुसार विपन्न परिवारको घरमा टिन लगाउने योजना सम्पन्न गरेको घोषणासभामा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी बताउनुभयो । बस्यालका अनुसार यो अबधिमा गाउपालिका भित्रका २ सय ५२ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।
फुसको छानाका कारण आगलागी हुँदा ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको थियो । आगलागीको मारमा सबैभन्दा धेरै गरिव तथा विपन्न परिवार पर्ने गर्थे । जस्तापाताले बितरण पछि गरिब तथा विपन्न परिवारलाई राहत पुग्ने गाउँपालिकाले जनाएको छ । जसले विपद् व्यवस्थापनमा सहयोग पुग्नेछ ।
स्थानीय बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोकका समर बहादुर कुमाल गाउँपालिकाले घरमा टिनको छाना लगाईदिए पछि खुसी व्यक्त गर्छन । वडा नं. २ की माया कुमाल पनी जिवनभरीको त्रासबाट मुक्ति भएको बताउदै पालिका परिवारलाई धन्यवाद दिईन । अब घरमा आगलागी हुनबाट जोगिने आशा जागेको उनी बताउछिन । पालिकाभरी फुसको छानो हटाएर जस्तापाताको छानो लगाउँदा गाउँ नै उज्यालो देखिएको छ । सुरक्षित आवासलाई संविधानले समेत मौलिक हक भनेको छ । विपन्न परिवारको आवास व्यवस्थित गर्नु सकारात्मक कार्य हो । आवास पछि उनीहरुको आयस्तरमा वृद्धि गर्ने र जिवनस्तर उकास्ने खालका योजना अघि बढाउन आवस्यक रहेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…