छुट्टाछुट्टै घटनामा दुइको मृत्यु

२०७७, १९ पुष आईतवार १३:२०

पाल्पा । छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटनामा परी एक जनाको ज्यान गएको हो । ज्यान गुमाउने टिपरका चालक रहेका छन ।

फाइल तस्बिर।

रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिए । रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको थियो ।
यस्तै माथागढी गाउँपालिका वडा नं.-१ चिदिपानी मा एक जनाको बाटोबाट भिरमा खसेर ज्यान गएको छ । ज्यान जाने चिदिपानी बस्ने बर्ष ५१ गंगा बहादुर सार्की रहेका छन । आफ्नो घर देखी घ्याङसिंङ तर्फ जाने क्रममा बाटो देखि अन्दजी ७ फिट तल खस्न गई घाईते भएका थिए । उनलाई उपचारको लागि युनाईटेड मिसन अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनएको छ ।

Comments

ताजा खबर